बढ्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य १ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ ।

You might also like

Comments are closed.