विभिन्न स्थानमा रोपियो गुर्जोका एक हजार बिरुवा

काठमाडौं । धेरै रोगमा औषधिको काम गर्ने जडीबुटी गुर्जो रोपण अभियानलाई विगत वर्षमा जस्तै यस वर्ष पनि तीव्रता दिइएको छ ।

प्रत्येक वर्ष वर्षात्का समयमा देशभर गुर्जो रोपण अभियानलाई निरन्तरता दिँदै आएका अभियानकर्मी कमलबहादुर राजलवटले यस वर्ष वाग्मती किनारस्थित संयुक्त राष्ट्रसंघीय उद्यान (युएनपार्क)मा दुई सय गुर्जोको बिरुवा रोपिएको जानकारी दिए ।

उद्यानसँगै मैतीदेवी मन्दिर क्षेत्रमा पनि करिब ५० वटा गुर्जो रोपिएको छ । ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा पनि गुर्जोको बिरुवा रोपिएको उनले सुनाए । ललितपुरको कोञ्ज्योस्योम गाउँपालिकाको खामभञ्ज्याङस्थित तीनपाने सामुदायिक वन क्षेत्रमा गुर्जोका सात सय बिरुवा रोपिएको छ ।

यसैगरी काठमाडौंको मण्डिखाटार क्षेत्रमा पनि करिब ५० वटा गुर्जोका बिरुवा रोपिएको छ ।क्षमता वृद्धि गर्न महत्वपूर्ण जडीबुटी मानिन्छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलको कार्यालय प्रमुखका रूपमा काम गरिरहनुभएका राजलवटले बिहान, बेलुका र बिदाको दिनको समयलाई भने गुर्जो रोपण अभियानमा उपयोग गर्दै आएका छन् ।

नेपालमा कोरोना महामारी सुरु भएसँगै विसं २०७६ चैतदेखि राजलवटले निःशुल्करूपमा गुर्जोका बिरुवाका साथै यसबाट बनेका धुलो र चिया वितरण गर्दै आएका छन् । कोरोना महामारी बढेसँगै गुर्जोबाट बनेका धुलो र चियाको माग पनि बढ्ने गरेको जनाइएको छ ।

You might also like

Comments are closed.