काठमाडौ । नेपालको लोकप्रिय इ(कमर्स ग्यापु मार्केटप्लेसले बालगृहका बालबालिकासँग फागुपुर्णिमा (होली) मनाएको छ ।
होलीको अवसरमा ग्यापुले बालमन्दिर नक्साल र शान्ति सेवा गृह गौशालाका करिब २ सय जना बालबालिकालाई होली टिर्सट र रँग वितरण गर्दै सामूहिक होली खेलेका हुन् ।
कार्यक्रममा ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले स(साना बालबालिकासँग होलीमा मनाउन पाउँदा खुसी ब्यक्त गरे ।
स-साना बालबालिकाहरू होली टिर्सट र रँग पाउँदा रमाएका थिए ।
Comments are closed.