हाम्रो सहयोगी सहकारी १२ औं बर्षमा

पोखरा । पोखरामा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.१२ औं बर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा सहकारीले शुभकामना सन्देशमार्फत सम्पूर्ण सल्लाहकार, पूर्व अध्यक्ष, शेयर सदस्य, कर्मचारी, संचालक समिति, शुभचिन्तक तथा शुभेच्छुकलाई शुभकामना व्यक्त गरेको छ ।

कोरोना महामारीका कारण सृजना भएको प्रतिकुल अवस्थामा पनि सहकारीले विभिन्न माध्यमबाट नियमित सेवा जारी राखेको अध्यक्ष शुक्रराज कडेंलले जानकारी दिए । सहकारीका शेयर सदस्यका वारेमा जानकारी लिएर समस्यामा परेका शेयर सदस्यलई खाद्यान्य, स्वास्थ्य सामग्री लगायतका वितरण गरेको उनले बताए ।

सहकारीले मोबाइल बैकिङ मार्फत वित्तीय सेवा लिन तथा यस बिषम परिस्थतीमा घरमा नै बस्न सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तकलाई आग्रह गरेको छ ।

jutta mela

 

You might also like

Comments are closed.