सहकारी दिवसको अवसरमा बृहत सरसफाई तथा डष्टविन हस्तान्तरण

पोखरा । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बृहत सरसफाई तथा डष्टविन हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

सहकारीले पोखराको पृथ्वीचोकमा कार्यक्रम गरेको सहकारीका अध्यक्ष शुक्रराज कडेलले जानकारी दिए । सहकारी नाफामुखी भन्दा पनि सेवामुखी हिसावले संचालन हुनुपर्छ भन्ने अभियान सफल बनाउन आफु लागेको उनले बताए ।

सहकारीले गरेको कार्यक्रमको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख बद्री तिमिल्सिनाले प्रसंसा गरे साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

jutta mela

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष गिरी प्रसाद गुरुङ , नि बर्तमान अध्यक्ष शिव प्रसाद सापकोटा, सल्लाहकार , कायसमिती सदस्य, सेयर सदस्य, स्थानीय व्यवसायी कर्मचारी लगायतको उपस्थिती थियो ।

You might also like

Comments are closed.