ब्लड क्यान्सर पीडित दाहाललाई नगद सहयोग

 

पोखरा । अन्नपूर्ण गाउँपालिका ३ निवासी ब्लड क्यान्सर पीडित ९ वर्षीय अर्जुन दाहाललाई लायन्स क्लब आफ पोखरा स्वर्णीम सिटीले सहयोग गरेको छ । क्लबले दाहालको उपचारार्थ १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

सिभिल अस्पताल काठमाडौंमा उपचाररत दाहाललाई उनका हजुरबुवा गुरुदत्त दाहालमार्फत सहयोग हस्तान्तरण गरिएको अध्यक्ष शक्ति बरुवालले जानकारी दिए ।

डिस्ट्रिक चियस पर्सन तथा कल्बका पूर्व अध्यक्ष मोहन प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा हस्तान्तरण कार्यक्रम भएको हो । अधिकारीको जन्मदिनको अवसरमा कार्यक्रम गरिएको क्लबका सचिव सञ्जय पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.