राससलाई स्वास्थ्य सामग्री

काठमाडौं । नागेश्वर तथा वाणेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति (रासस) लाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीलाई समितिका अध्यक्ष एवं गीतकार प्रकाश रायमाझीले आइतबार रासस केन्द्रीय कार्यालयमा ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । राससलाई प्राप्त ती स्वास्थ्य सामग्रीमा ५०० थान मेडिकल मास्क र ३० बोतल सेनिटाइजर रहेको छ ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै अध्यक्ष अधिकारीले कोभिड–१९ महामारीको जोखिमकाबीच अग्रपङ्तीमा रहेर काम गर्ने राससका पत्रकार कर्मचारीका लागि ती सामग्री महामारीसँग जुधेर कार्य सम्पादन गर्न सहयोग पुग्ने बताए ।

उनले कोभिडको तेस्रो लहरको जोखिम बढेको र डेल्टा भेरियन्ट खतरापूर्ण भाइरस रहेकाले बचेर सुरक्षित रुपमा काम गर्न यस्ता सामग्री उपयोगी हुनेछ भने । सो अवसरमा नायब महाप्रबन्धक श्याम रिमालले सामाजिक भावनाबाट प्रेरित भई धार्मिक संस्थाबाट स्वास्थ्य सामग्री प्राप्त हुनु महत्वपूर्ण रहेको बताए ।

You might also like

Comments are closed.