रंगशाला निर्माणका लागि महानगरको २० लाख

कृष्ण आचार्य÷भरतपुर । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ ।

रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख बराबरको चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रमुख महर्जनले रंगशाला निर्माणका लागि सबैको थोरैथोरै सहयोगले बल पुग्ने बताए । सबैको हातेमालोबाट रङ्गशाला निर्माण हुनेमा विश्वस्त रहेको उनले उल्लेख गरे । फाउण्डेशनका अध्यक्ष कट्टेलले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए ।

jutta mela

रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुनेक्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि ऊर्जा थपिएको पनि उनले बताए ।

You might also like

Comments are closed.