हाइलाइफ एग्रो एण्ड फुड्सद्वारा लुम्बिनी लायन्स क्रिकेट टोलीलाई प्रायोजन

काठमाडौं । हाइलाइफ ब्राण्डमार्फत एफएमसीजी क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल हाइलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले लुम्बिनी लायन्स क्रिकेट टोलीलाई प्रायोजन गरेको छ । प्रायोजनका सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ ।

लुम्बिनी लायन्स क्रिकेट टोलीको प्रायोजनले खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धनप्रति योगदान पुग्नेमा आफूहरु विश्वस्त रहेको हाइलाइफ एग्रोका हेड अफ मार्केटिङ सुशान्त घिमिरेले बताए । हाइलाइफले स्वास्थ्य, खेलकुद, युवा गतिविधिलाई प्राथमिकतामा राख्दै आइरहेको उनको भनाइ छ । ‘हाइलाइफ एक विश्वासिलो नेपाली ब्रान्डको रूपमा स्थापित भएको छ,’ उनले भने, ‘हाइलाइफले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतिष्ठित ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दै ग्राहकहरूको माया जितेको छ ।’

ग्राहकको मायाबाट सफलता प्राप्त गरिरहेको नेपाली ब्राण्डले नेपाली खेलकुदको विकासमा सधैं साथ दिने उनले प्रतिबद्धता व्यक्त गरे । ‘स्वस्थ जीवनशैलीको निर्माणमा हाम्रो साथ रहन्छ,’ उनले भने ।

खेलकुदले भावनात्मक सम्बन्धको विकास गर्ने र सम्पूर्ण नेपालीलाई एकताबद्ध गराउन सफल रहेको बताउँदै घिमिरेले लुम्बिनी लायन्समार्फत खेलकुद क्षेत्रका सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘क्रिकेटले नेपाली समुदायलाई एकजुट बनाउन सफल भएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा नेपाली क्रिकेटले अझै बढी सफलता पाउनेमा हामी विश्वस्त छौं ।’

लुम्बिनी लायन्ससँगको सहकार्यमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न आफूहरु सक्रिय रहने हाइलाइफले जनाएको छ ।

lcci
You might also like

Comments are closed.