काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधी हात पारेको छ । प्रतियोगिताको फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको छ ।
नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पन्न भएको अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता (दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२) बीमा दोकान प्रालिले आयोजना गरेको हो । प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनी गरी ११ वटा कम्पनीहरूको सहभागिता रहेको थियो । जसमध्ये फाइनल चरणमा पुगेका दुई कम्पनीहरु हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बीच भएको फाइनल खेलले दर्शकको मन जित्यो ।
प्रतियोगितामा विजेतालाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र नेपाल बीमा प्राधिकरणका बीमालेख महाशाखा निर्देशक निर्मल अधिकारीले पुरस्कार प्रदान गरेका हुन् । उपाधि विजेता हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नगद रु ३५ हजार, शिल्ड, मेडल पुरस्कार जित्न सफल भएको छ । उपविजेता हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नगद रु १५ हजार, शिल्ड र मेडल प्राप्त गरेको छ ।
‘स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य’ भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक बीमा दोकान प्रालिले जनाएको छ । दुई दिनसम्म आयोजना भएको प्रतियोगिताको उद्घाटन एन्फाका महासचिव किरण राईले गरेका थिए ।
Comments are closed.