हिसान काठमाडौंको पाँचौं अधिवेशन चैत ५ गते हुने

काठमाडौं । हिसान काठमाडौंको पाँचौं अधिवेशन चैत ५ गते शनिबार हुने भएको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा हुने अधिवेशनको तयारी भइरहेको हिसान काठमाडौंका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीले जानकारी दिए ।

अधिवेशनको अघिल्लो दिन चैत ४ गतेसम्म सदस्यता नवीकरण गर्न र नयाँ सदस्यता लिन हिसान काठमाडौंले सम्पूर्ण विद्यालय तथा कलेजहरुलाई आग्रह गरेको छ ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

You might also like

Comments are closed.