पोखरामा आजबाट होण्डाको ‘फ्रि सर्भिसिङ क्याम्प’

आर्थिक आवाज
पोखरा, ८ चैत । ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै पोखरामा होण्डाको निःशुल्क सर्भिस क्याम्प हुने भएको छ । होण्डा मोटरसाइकल तथा स्कुटरको लागि यस क्षेत्रको आधिकारिक बिक्रेता कुँवर व्रदर्श एण्ड सन्सले वैशाख आज आइतबारदेखि ११ गतेसम्म क्याम्प सञ्चालन गर्ने सन्सका सेल्स म्यानेजर विष्णु दाहालले जानकारी दिए । पोखराको नयाँबजारमा रहेको होण्डा शोरुममै क्याम्प हुनेछ ।

क्याम्पमा सहभागी हुने ग्राहकलाई सर्भिस चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरिने दाहालले जानकारी दिए । स्पेयर्र्स पार्टस र मोबिलमा १० प्रतिशत छुट दिइनेछ । बाइक तथा स्कुटर फ्रिवासको सुविधा प्रदान गरिने उनले बताए ।

क्याम्पमा सहभागी हुने ग्राहकलाई आकर्षक उपहारको व्यवस्था गरिने बताइएको छ । ‘एक्स्चेन्ज तथा टेस्ट ड्राइभको व्यवस्था छ,’ उनले भने । बिक्री पछिको सेवालाई प्रभावकारी बनाउन समय समयमा सर्भिस क्याम्प आयोजना गरिरहेको सन्सले जनाएको छ । कम्पनीका तालिम प्राप्त मेकानिकहरुले बाइकको चेकजाँच गर्ने छन् ।

You might also like

Comments are closed.