काठमाडौं । विश्वभर नै महामारीको लहर फैलिँदै गर्दा यहाँ धेरैले संघर्ष गरिरहेका छन् र सहयोगी हातहरुको खाँचो परिरहेको छ । काठमाडौं म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीज इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा सि.एम. पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री र सरसफाईका सामानहरु वितरण गरेको छ ।
सि.एम. पाठशाला गोकर्णेश्वर, जोरपाटीमा अवस्थित एक सानो गैर–नाफामुखी संस्था हो जसले मजदुरहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले हाल ५५ बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ ।
म्यारियट इन्टरनेशनलले विभिन्न ३६० कार्यव्रmमहरु म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै काम गरिरहेको छ । म्यारियटको २०२५ सस्टेनेबिलिटी एण्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौं म्यारियट हाम्रो समुदायमा सकरात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको छ ।
Comments are closed.