आइसिटी सहकारीको कार्यालय स्थापना, तदर्थ समिति अध्यक्षमा शेरचन

पोखरा । आइसिटी सहकारी संस्था लिमिटेडको कार्यालय स्थापना भएको छ । पोखरा–८ न्युरोडमा स्थापना गरिएको कार्यालयको पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरेकी छन् ।

हालै दर्ता भएको सहकारी संस्थाको तदर्थ समिति अध्यक्षमा सवि शेरचन रहेकी छन् । सहकारीको कुल सेयर पुँजी ५० लाख रुपैयाँ रहेको छ ।

सहकारीको कार्यक्षेत्र पोखरा महानगरपालिका वडा नं. ४, ८ र ९ रहेको अध्यक्ष शेरचनले बताइन् । आगामी दिनमा सहकारीलाई प्रदेश स्तरीय बनाइने उनको भनाइ छ ।

सहकारीमा हाल ८६ जना सेयर सदस्य आबद्ध छन् ।

lcci
You might also like

Comments are closed.