आइसिटी क्षेत्रमा अथाह सम्भावनाः विज्ञहरु

काठमाडौं । नेपालसहित संसारभर आइसिटी क्षेत्रमा अथाह सम्भावना रहेको वक्ताहरुले बताएका छन् । सूचना तथा प्रविधि क्षेत्रमा भएको तिब्र विकाससँगै आइसिटी क्षेत्रमा सम्भावनहरु बढिरहेको उनीहरुले बताए । आइसिटी अध्ययन गरेका विद्यार्थीहरुलाई रोजगारीको प्रशस्त सम्भावना रहेको उनीहरुको भनाइ छ ।

टेक्सास कलेजमा बुधबार आयोजित ‘जर्नल अफ साइबर सेक्युरिटी’ विषयक अन्तरक्रियामा बोल्दै आइसिटी विज्ञ डा. राजिव सुब्बाले आइसिटी तथा साइबर सेक्युरिटीका विद्यार्थीहरुको भविष्य राम्रो रहेको बताए । ‘यो क्षेत्रका विद्यार्थीको भविष्य राम्रो छ । सम्भावना प्रशस्त छन्,’ उनले भने, ‘तर, विद्यार्थीले अध्ययनसँगै क्षमता वृद्धि र टेक्निकल दक्षता बढाउन आवश्यक छ ।’

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनका फाउण्डर भीमध्वज श्रेष्ठले नेपालमा आइसिटी क्षेत्रमा धेरै परिवर्तन आएको बताए । ‘हामीले आइसिटी क्षेत्रमा ४ दशक अगाडि काम गर्दा स्रोत साधन नै थिएन,’ आफ्नो करियर सुरुवातको समय स्मरण गर्दै उनले भने, ‘त्यतिबेला आइसिटी क्षेत्रमा लाग्नेहरुको भविष्य अनिश्चित थियो । अहिले यो क्षेत्रमा धेरै परिर्वतन आएको छ । सम्भावना नै सम्भावना छ ।’ साइबर सेक्युरिटीका क्षेत्रमा सीमित मान्छेले काम गर्ने गरेको ती मान्छेहरूले आम मानिसलाई आइसिटी प्रयोग गर्न सिकाउनुपर्नेमा उनले जोड दिए ।

jutta mela

कार्यक्रममा सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनका जनरल सेक्रेटरी ई. शालिग्राम पराजुली, इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका फाउण्डर डाइरेक्टर सुरेश भण्डारी, इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका फाउण्डरका अध्यक्ष एवं क्यान महासंघका सचिव चिरञ्जीवी अधिकारी, टेक्सास कलेजका आइसिटी डिपार्टमेन्ट हेड सुमन थपलिया लगायतले आइसिटी क्षेत्रमा रहेको सम्भावना र साइबर सेक्युरिटीका विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सर्पोटेड वाइमा वान कभर, ब्रोड वे इन्फोसिस, बक्ट फ्रेम रहेका थिए । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन र नेपोर्टको आयोजनामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.