काठमाडौं । भारतले संयुक्त राष्ट्रसंघीय प्रतिआतंकवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ।
आतंकवादविरुद्ध लड्न तथा राष्ट्रसंघका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न नयाँदिल्लीले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो ।
‘आतंकवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा आजदेखि यहाँ प्रारम्भ भएको राष्ट्रसंघीय सुरक्षा परिषद्को विशेष बैठकको पूर्ण सत्रमा विदेशमन्त्री सुव्रमन्यम जयशंकरले यो वर्ष भारतले राष्ट्रसंघीय कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने बताए। उक्त सहायता रकम भारतको स्वैच्छिक योगदान भएको पनि उनले स्पष्ट गरे।
आतंकवादको जोखिम रोक्न तथा प्रतिकार गर्न सदस्य राष्ट्रहरूलाई आर्थिक सहयोग अपरिहार्य भएको बताउँदै उनले मानवताका लागि सबैभन्दा ठूलो खतरा आतंकवादविरुद्ध लड्न एकतावद्ध प्रयास आवश्यक भएकामा जोड दिए। उनले आतंकवादविरुद्ध प्रयास भए पनि विशेष गरी एशिया र अफ्रिकामा त्यसको कालोछाया बढिरहेको वास्तविकता प्रस्तुत गरे।
Comments are closed.