काठमाडौं । नेपाल धितोपत्रले सिक्लेस हाइड्रोपावर लिमिटेडको साधारण सेयर सोमबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ८ लाख ५० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ११ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ६५ लाख कित्ता गरेर कुल ८५ लाख कित्ता साधारण सेयर (आईपीओ )सूचीकृत गराएको हो ।
अब कम्पनीको सेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू ११६ दशमलव ८६ देखि ३५० दशमलव ५८ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीको स्टक सिम्बोल एसआईकेएलईएस रहेको छ । साथै बिओके क्यापिट मार्केट लिमिटेड नक्सालबाट सेयर सूचीकरणपछि दिनुपर्ने आरटीएस सेवा उपलब्ध हुनेछ ।
Comments are closed.