धितोपत्र बोर्डले दियो ५ जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५ जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। सेबोनले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

यी सबैले वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४ करोड १४ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछन्। एसियन हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

यसैगरी सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

त्यस्तै, सुपर मादी हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २ करोड १० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

त्यस्तै, माया खोला हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

त्यस्तै, सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

You might also like

Comments are closed.