काठमाडौं । आईटी ग्लोबल प्रा.लि. र डेल टेक्नोलोजीको साझेदारीमा डेटा सुरक्षा तथा भण्डारण समाधानसम्बन्धी एक जानकारीमूलक तथा आकर्षक कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बैंकिङ तथा वित्तीय संस्था , सार्वजनिक निकाय र निजी क्षेत्रका विभिन्न विशेषज्ञ तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई डेटा व्यवस्थापन, सुरक्षा र डिजास्टर रिकभरीसम्बन्धी नवीनतम प्रविधिहरूबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा डेल टेक्नोलोजीका क्षेत्रीय विकास प्रबन्धक बर्नार्ड खो, सिस्टम सेन्टर सेल्स एक्जिक्युटिभ स्यानम चेङ र कस्टमर एक्सपेरियन्स इन्जिनियर वेन्कटेश रामन लगायतका विज्ञहरूले प्रस्तुति दिएका थिए। उनीहरूले डेलका अत्याधुनिक स्टोरेज समाधानहरू कसरी सुरक्षित डेटा व्यवस्थापनको आवश्यकता पूरा गर्न सक्षम छन् भन्ने विषयमा प्रकाश पारे।
कार्यक्रममा (डेटा डेडुप्लिकेसन) अनावश्यक डेटा हटाई स्टोरेज लागत घटाउने तर प्रभावशीलता कायम राख्ने उपायहरू, साइबर डिजास्टर रिकभरी, डेटा सुरक्षामा नवीनतम समाधानहरू, क्षेत्रअनुसार समाधानको अनुकूलन विभिन्न संस्थाको आवश्यकताअनुसार कस्टमाइज समाधानहरूको परिचय बारे जानकारी गराईको थियो ।
आईटी ग्लोबल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सुवास मानन्धरले भने, “डिजिटल युगमा डेटा सुरक्षा र रिकभरीको आवश्यकता झनै महत्त्वपूर्ण हुँदै गएको छ। डेल टेक्नोलोजीसँगको हाम्रो साझेदारीले हाम्रो ग्राहक तथा साझेदारहरूलाई सुरक्षित डेटा व्यवस्थापन र व्यवसाय निरन्तरताका लागि सशक्त समाधानहरू प्रदान गर्न मद्दत गर्नेछ।”
कार्यक्रमले सहभागीहरूलाई केवल प्राविधिक ज्ञान प्रदान गर्नुका साथै नेटवर्किङ र सहकार्यको अवसर समेत उपलब्ध गराएको थियो।
Comments are closed.