काठमाडौं । जगदम्बा मोटर्स प्रालिले प्रोटोन ई. एमएएस सेभेनको ७ वटै प्रदेशहरू पार गर्दै सम्पन्न भएको २१–दिने चुनौतीपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । यो उपलब्धिले विभिन्न भौगोलिक र मौसमीय परिस्थितिमा गाडीको उत्कृष्ट प्रदर्शन, विश्वसनीयता र कुशलताको प्रमाण दिएको छ ।
प्रोटोन ई. एमएएस सेभेन अब मार्च २१ मा औपचारिक रूपमा सार्वजनिक उद्घाटनका लागि तयार छ । नेपालको दिगो यातायातको दिशामा नयाँ युगको सुरुवात गर्नेछ । प्रोटोन ई. एमएएस सेभेनले आफ्नो क्रस–कन्ट्री यात्रा गाडीको अनुकुलता र सहनशीलता वास्तविक परिस्थितिमा परीक्षण गर्नका लागि सुरु गरेको थियो । तराईका समथर फाँटदेखि हिमाली भू–बनोटका कठोर बाटाहरू हुँदै यो विद्युतीय सवारीसाधनले विभिन्न भूभागमा आफूलाई सफलतापूर्वक प्रमाणित गर्यो ।
यस यात्राले स्थानीय समुदायलाई गाडीको उन्नत प्रविधि र वातावरणमैत्री विशेषताहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गरेको छ ।
यो अत्याधुनिक विद्युतीय सवारीसाधनलाई नेपालमा ल्याउन पाउँदा अत्यन्त उत्साहित भएको जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले बताए । औपचारिक सार्वजनिक उद्घाटन कार्यक्रम मार्च २१ मा काठमाडौंमा आयोजना हुनेछ । कार्यक्रममा गाडीको मुख्य विशेषताहरू, प्रविधि र प्रोटोनले नेपालको वातावरणमैत्री यातायातलाई प्रवद्र्धन गर्ने प्रतिबद्धताका बारेमा प्रकाश पारिनेछ ।
प्रोटोन ई. एमएएस सेभेनको सुरुवातसँगै, जगदम्बा मोटर्स प्रालिले नेपालको मोटर उद्योगमा क्रान्ति ल्याउने लक्ष्य राखेको छ । जसमा प्रदर्शन र आराममा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प प्रदान गरिनेछ । कम्पनीले नेपालको हरित ऊर्जा लक्ष्यलाई समर्थन गर्दै नवप्रवर्तनात्मक विद्युतीय गतिशीलता समाधानहरू मार्फत कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता जनाएको छ ।
Comments are closed.