लघुवित्त कम्पनीहरुका लागि मौद्रिक नीति राम्रो छ, कार्यान्वयन हुनुपर्छः अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल राष्ट्रबैंकद्वारा चालु आर्थिक वर्षका लागि जारी गरिएको मौद्रिक नीति समग्रमा राम्रो रहेको माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष जगत पोखरेलले बताएका छन् । मौद्रिक नीतिमाथि टिप्पणी गर्दै अध्यक्ष पोखरेलले लघुवित्त कम्पनीहरुलाई व्यवस्थित गर्ने उद्देश्यले आएको मौद्रिक नीति कायान्वयनतर्र्फ जोड दिनुपर्ने बताए ।

‘मौद्रिक नीतिले लघुवित्त कम्पनीहरुलाई समेटेको छ,’ उनले भने, ‘थोक कर्जा प्रदायक लघुवित्तहरु मर्जरमा जाने भनिएको छ । यसले राम्रो सन्देश दिएको छ ।’

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको क्रस होल्डिङ भएका लघुवित्तहरु २०७९ असार मसान्तसम्म एक आफसमा गाभिनुपर्ने व्यवस्था मौद्रिक नीतिमा गरिनु पनि राम्रो पक्ष रहेको पोखरेलले बताए । ‘वाणिज्य बैंकहरुको प्रतिनिधिको रुपमा लघुवित्त कम्पनीहरुले काम गर्न आवश्यक अध्ययन गरिनेछ भनिएको छ, जुन राम्रो पक्ष हो,’ उनले भने ।

jutta mela

राष्ट्रिय स्तरको लघुवित्तहरुले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था पनि राम्रो रहेको उनले बताए । थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले समेत आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था गरिनु पनि लघुवित्त कम्पनीहरुका लागि राम्रो रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।

You might also like

Comments are closed.