जाल्पा सामुदायिक लघुवित्तका अध्यक्ष तथा सञ्चालकले सपथ लिए

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को मर्जर पस्चात बनेको नयाँ समितिका अध्यक्ष अर्जुन श्रेष्ठले सपथ लिएका छन् । नेपाल राष्ट्रबैंक पोखरा शाखाका निर्देशक ईश्वरी प्रसाद भट्टराईबाट बिहीबार उनले पद तथा गोपनियताका सपथ लिएका हुन् ।

अध्यक्ष श्रेष्ठले सपथ लिए लगत्तै अन्य सञ्चालकहरुलाई सपथ गराएका छन् । संस्थाका सञ्चालकहरुमा गीता कुमारी योगी गिरी, मीनप्रसाद भट्टराई, वीरबहादुर अधिकारी, सरस्वती बराल, सुस्मा गौतम छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत बिमला योगीले पनि अध्यक्षबाट बिहीबार नै सपथ लिएकी छन् ।

कास्कीमा प्रधान कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लि. र दाङमा प्रधान कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. मर्जर भएका हुन् । मर्जरसँगै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को नामबाट मंगलबारदेखि एकीकृत कारोबार शुभारम्भ भएको हो ।

jutta mela

मर्जरपछि संस्थाको जारी तथा चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको छ । सदस्य संख्या करिब ८३ हजार पुगेको भने ऋणि सदस्य करिब ३८ हजार पुगेका छन् । कार्यक्षेत्र २० जिल्ला पुगेको छ । संस्थाको लगानीमा रहेको ऋण ३ अर्ब ४० करोड रुपैयाँ छ भने बचतमा करिब २ अर्ब रुपैयाँ छ । ३ सय ५० जना कर्मचारी संस्थामा आबद्ध छन् ।

You might also like

Comments are closed.