काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।
लघुवित्तले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको २५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । बुटवल केन्द्रिय कार्यालयमा १५ दिनभित्र खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई लिखित निवेदन पेस गर्न लघुवित्तले अनुरोध गरेको छ। इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्।
यसअघि संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र सेयर किन्न लघुवित्तले अनुरोध गरेको थियो। तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेपछि अन्य संस्था वा व्यक्तिका लागि आवेदन खुलाइएको हो।
सेयरको न्युनतम मूल्य लघुवित्तले नौ सय रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।
Comments are closed.