काठमाडौं । एक अन्तर्राष्ट्रिय साइबर अपराध समूहले जापानस्थित प्रमुख ब्रोकरेज कम्पनीहरूका हजारौँ ग्राहक खाताहरू ह्याक गरी करिब ७१ करोड अमेरिकी डलर ९झण्डै १.१ ट्रिलियन जापानी येनको चलखेल गरेको खुलासा भएको छ। जापानको वित्तीय सेवा एजेन्सी (FSA) र प्रहरीको संयुक्त अनुसन्धानपछि यो घटना सार्वजनिक गरिएको हो।
अनुसार, ह्याकरहरूले अत्याधुनिक फिसिङ प्रविधि र मालवेयरमार्फत ग्राहकहरूको लग इन विवरण चोरी गरी ब्रोकरेज खाताहरूमा पहुँच प्राप्त गरेका थिए। त्यसपछि ती ह्याकरहरूले ह्याक गरिएका खाताहरू प्रयोग गरी विभिन्न अन्तर्राष्ट्रिय सेयर बजारमा असामान्य रूपमा सेयर किनबेच गरेका थिए, जसले बजारमा अस्थिरता सिर्जना गरेको बताइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, ह्याकर समूहको नेतृत्व सम्भवतः पूर्वी युरोप वा रुसबाट सञ्चालित साइबर अपराध गिरोहले गरिरहेको हुनसक्ने अनुमान गरिएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीले भने, यो अत्यन्त जटिल र संगठित साइबर आक्रमण हो, जसको उद्देश्य वित्तीय लाभ मात्र नभई बजार प्रणालीमै विश्वास घटाउने हो।
ब्रोकरेज कम्पनीहरूले हाल प्रभावित ग्राहकहरूलाई सचेत गराई रहेका छन् भने अस्थायी रूपमा ह्याक भएका खाताहरू रोक्का गरिएको छ। जापान सरकारले पनि साइबर सुरक्षा कडाइ गर्ने र अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ।यस साइबर आक्रमणको असर केवल जापानमा सीमित नभई विश्वभरिका बजारमा समेत परेको छ। विश्लेषकहरूका अनुसार, ह्याकिङबाट गरिएका असामान्य कारोबारहरूले केही कम्पनीहरूको सेयर मूल्यमा अप्रत्याशित उतारचढाव देखिएको छ। यसले लगानीकर्ताहरूमा समेत डर र अन्योलको अवस्था सिर्जना गरेको छ।
यो घटनाले पुनः एकपटक वित्तीय बजारहरूको डिजिटल सुरक्षातर्फ ध्यान केन्द्रित गराएको छ। विज्ञहरूले अबको समयमा दुई तहको प्रमाणीकरण 2FA अनिवार्य गर्नुका साथै कृत्रिम बुद्धिमत्ता प्रयोग गरी असामान्य कारोबारको पहिचान गर्ने प्रविधि विकास गर्नुपर्नेमा जोड दिएका छन्।
Comments are closed.