पोखरा । पोखरा लेडी जेसीजको आयोजनामा ‘दिगो बिकासको थालनी शिक्षामा लगानी’ भन्ने उद्देश्यका दिर्घकालिन छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ । पोखरा १३ आर्बा स्थित श्री रतन पाण्डे माध्यमिक विद्यालयमा पोखरा लेडी जेसीज बर्ष २०२१ का अध्यक्ष कमला शर्माको अध्यक्षता तथा पोखरा लेडी जेसीज बर्ष २००८ का अध्यक्ष तथा नेपाल जेसीज का पूर्व राष्ट्रिय उपाध्यक्ष सुनयना पालीखेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा विशेष अतिथि रतन पाण्डे माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली राम बराल र पोखरा लेडी जेसीजका निबर्तमान अध्यक्ष तथा यस छात्रवृत्ति कार्यक्रमको आयोजक शोभा भुजेल लगाएत पदाधिकारीको उपस्थिति थियो। बर्ष २०२० देखि आयोजीत दिर्घकालिन छात्रवृत्ति योजना कक्षा ४ देखि एस इ इ सम्म अध्ययन को लागि जेहेन्दार तथा आर्थिक अबस्था कमजोर भएका दुई जना बिद्यार्थीलाई हरेक वर्ष लाग्ने बार्षिक शुल्क, विद्यालय पोषाक, स्टेशनरी लगायतका सामान बितरण गरिएको थियो।
सो विद्यालयमा अध्ययनरत छात्र आयुष बराल तथा छात्रा मनीषा वि क लाई वितरण गरिएको हो । कार्यक्रममा स्वागत कार्यक्रम संयोजक पवित्रा थापा मगरले गरेकी थिइन् । जेसीज आस्थापाठ सम्झना पौडेलले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव सुमित्रा कोइरालाले गरेकी थिइन् ।
Comments are closed.