नेता खनाललाई उपचारका लागि भारत लगिँदै

 

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो ।

आज दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ । ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण भएको थियो ।

footwear exchange
You might also like

Comments are closed.