‘प्रथम चितवन फुटवेयर एक्स्पो’ चैत १८ शनिबार सकिने, मौकाको लाभ लिन आग्रह

भरतपुर । चितवनमा आयोजित ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ चैत १८ गते शनिबार सम्पन्न हुने भएको छ । शनिबारसम्म मात्रै एक्स्पो सञ्चालन हुने भएकाले एक्स्पोमा आएर जुत्ता चप्पल खरिद गरी लाभ लिन आयोजकले आग्रह गरेका छन् । एक्स्पोको औपचारिक समापन चैत्र १७ गते शुक्रबार हुने भएपनि चैत १८ गते शनिवार परेकाले ग्राहकको हितलाई ध्यानमा राख्दै शनिबारसम्म मेलामा जुत्ता चप्पल बिक्री वितरण जारी रहने आयोजकको भनाइ छ ।

चितवन प्रदर्शनी केन्द्र (टेलिकमको अगाडि) आयोजित एक्स्पोमा जुत्ता चप्पल खरिदमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । एक्स्पोमा सबै उमेर समूहलाई लक्षित गरी एक हजार भन्दा बढी मोडलका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको आयोजकको भनाइ छ । हालसालै बजारमा सार्वजनिक भएका जुत्ता चप्पल पनि एक्स्पोमा उपलब्ध छन् । चितवन उद्योग संघ र नेपाल जुत्ता घरको आयोजनामा स्वदेशी जुत्ता चप्पलको प्रवर्द्धन गर्ने लक्ष्यसहित एक्स्पो आयोजना भएको हो । एक्स्पोमा बिएम डियरहिल/बिएफ स्पोर्टस्, शिखर सुज, क्रसरोड, फस्टवाल्क, सुल्याण्ड, रन सुज, भेनस, केटिएम सुज, सिल र हाइलाइफ ब्राण्डको सहभागिता छ ।

स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने र उपभोक्तालाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउने लक्ष्यसहित एक्स्पो आयोजना गरिएको आयोजकको भनाइ छ । स्कुल सुज, कलेज सुज, स्पोर्टस सुज, पार्टी सुज लगायत ग्राहकको आवश्यकता अनुसारका सम्पूर्ण प्रकारका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजक सुरज बन्जाडेले बताए । ‘मेलामा चितवन आसपासका क्षेत्रका सर्वसाधरणको आकर्षण देखिएको छ । ‘शनिबारसम्म एक्स्पोमा अवलोकनकर्ता तथा ग्राहकको आकर्षण अझै बढ्नेमा हामी विश्वस्त छौं’ उनले भने ।

You might also like

Comments are closed.