सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्री शाहीले शपथ लिएका हुन् ।

शाहसँगै कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । उनिहरुले पनि प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाअनुसार बिहीवार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

गत पुस २७ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

You might also like

Comments are closed.