कञ्चनपुर । पछिल्लो १० वर्षमा कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ ।
कञ्चनपुरको जनसङ्ख्या २०६८ सालभन्दा २०७८ मा एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको हो । विसं २०६८ मा चार लाख ५१ हजार २ सय ४८ रहेको कञ्चनपुरको जनसङ्ख्या विसं २०७८ मा पाँच लाख १७ हजार ६ सय ४५ पुगेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना—२०७८ को प्रारम्भिक तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४३ हजार ५ सय ९८ पुरुष र दुई लाख ७४ हजार ४७ महिला रहेका छन् ।
राष्ट्रिय जनगणना—२०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार कञ्चनपुरमा लैङ्गिक अनुपात ८८ दशमलव ८९ प्रतिशत रहेको छ भने परिवारको औषत आकार ४ दशमलव ६३ प्रतिशत, जनघनत्व ३ सय २२ र अनुपस्थित जनसङ्ख्या ६६ हजार ७८ (३ दशमलव ०५) रहेको छ ।
सबैभन्दा बढी जनसङ्ख्या भीमदत्त नगरपालिकामा एक लाख २३ हजार ३ सय १६ रहेको छ । तीमध्ये ५९ हजार ४ सय पुरुष र ६३ हजार ९ सय १६ महिला रहेका छन् । सबैभन्दा कम जनसङ्ख्या बेलडाँडी गाउँपालिकामा नौ हजार ९३ सय ९ पुरुष र १२ हजार १ सय २ महिला गरी कूल २२ हजार ४१ रहेको छ ।
यसैगरी कृष्णपुर नगरपालिकाको जनसङ्ख्या ७२ हजार ५ सय १ रहेको छ । तीमध्ये ३४ हजार ३ सय ४७ पुरुष र ३८ हजार १ सय ५४ महिला रहेका छन् । पुनर्वास नगरपालिकाको जनसङ्ख्या ६१ हजार ६ सय २८ रहेको छ । तीमध्ये २८ हजार २ सय ८६ पुरुष र ३३ हजार ३ सय ४२ महिला रहेका छन् । बेदकोट नगरपालिकाको २७ हजार ५५ पुरुष र ३१ हजार १ सय ९५ महिला गरी कूल ५८ हजार २ सय ५० जनसङ्ख्या रहेको छ ।
शुक्लाफाँटा नगरपालिकाको जनसङ्ख्या ५४ हजार ३ सय ७९ पुगेको छ । तीमध्ये २४ हजार ९ सय ४८ पुरुष र २९ हजार ४ सय ३१ महिला रहेका छन् । बेलौरी नगरपालिकाको जनसङ्ख्या ५३ हजार ९ सय १८ रहेको छ । तीमध्ये २५ हजार ५ सय २६ पुरुष र २८ हजार ३ सय ९२ महिला रहेका छन् ।
दोधाराचाँदनी नगरपालिकाको १९ हजार २ सय ५४ पुरुष र २४ हजार २ सय ३२ महिला गरी कूल ४३ हजार ४ सय ८६ जनसङ्ख्या पुगेको छ । लालझाडी गाउँपालिकाको जनसङ्ख्या २५ हजार २ सय ७१ पुगेको छ । तीमध्ये १२ हजार २ सय ८२ पुरुष र १२ हजार ९ सय ८९ महिला रहेका छन् ।
Comments are closed.