छात्रवृत्तीबारे विस्तृत जानकारी दिन कंगारु एजुकेशनद्वारा ‘स्कलरसिप विक’ आयोजना

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनको आयोजनामा ‘स्कलरसिप विक’ सेसन हुने भएको छ । कंगारु एजुकेशनको मुख्य कार्यालय पुतलीसडकस्थित एबि कम्प्लेक्सको पाँचौं तलामा जनवरी ८ देखि १४ सम्म स्कलरसिप विक सेसन हुने कंगारुका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले जानकारी दिए ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको उनले बताए । उक्त सेसन अवधिभर विदेशस्थित विभिन्न देशका प्रशिद्ध युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु सहभागी हुनेछन् । विद्यार्थीले उनीहरुसँग प्रत्यक्ष अन्तरक्रिया तथा संवादको अवसर पाउनेछन् । सो अवसरमा २० भन्दा बढी युनिभर्सिटी तथा कलेजको सहभागिता रहने उनले जानकारी दिए ।

स्पट एडमिसन, स्कलरसिपको अवसर प्रदानसँगै आइ इ एल टि एस, पिटिई र स्याटका तयारी कक्षामा ५० प्रतिशत छुटको अवसर सेसनमा सहभागी विद्यार्थीले प्राप्त गर्ने तिमिल्सिनाले जानकारी दिए । अष्टे«लिया, युके, युएसए, क्यानडा, न्युजिल्याण्ड जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजित स्कलरसिप विक सेसनमा साताभर ५ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

भर्ना प्रक्रिया, छात्रवृत्ती र भिसा प्रोसेसिङबारे बुझ्नका लागि कार्यक्रम निकै प्रभावकारी हुने तिमिल्सिनाले बताए । कार्यक्रममा ब्रिटिस काउन्सिल र नेपाल एसबिआई बैंकको पनि सहभागिता रहनेछ । ब्रिटिस काउन्सिलले आइइएलटिएसको बारेमा र नेपाल एसबिआई बैंकले शैक्षिक कर्जाका बारेमा विद्यार्थीलाई आवश्यक जानकारी प्रदान गर्नेछ ।

‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि कार्यक्रम निकै प्रभावकारी हुने हामीले अपेक्षा गरेका छौं,’ तिमिल्सिनाले भने । सहभागी विद्यार्थीले शतप्रतिशतसम्म स्कलरसिपको सुविधा प्राप्त गर्नसक्ने उनले जानकारी दिए । प्रोसेसिङ प्रक्रिया निःशुल्क हुनेछ ।

You might also like

Comments are closed.