काठमाडौं । गैरसरकारी संस्था करुणा फाउन्डेसन नेपालले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी देशका विभिन्न हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
पछिल्लो साता फाउण्डेसनले सपना भिलेज सोसियल इम्प्याक्ट चितवनलाइ ५ वटा, महेन्द्र नारायणनिधी मेमोरियल हस्पिटललाई २ वटा, पाँचखाल नगरपालिकालाई ५ वटा, चाँगुनारायण हस्पिटल भक्तपुरलाई ४ वटा र भानु नगरपालिका तनहुँलाई ५ वटाका दरले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।
फाउण्डेसनले भारत र चीनबाट अक्सिजन कन्सन्ट्रेटर आयात गरी सरकारसँग समन्वय गरी देशका विभिन्न हस्पिटल तथा स्थानीय तहलाई हस्तान्तरण गरिरहेको छ । यस अगाडि स्वास्थ्य मन्त्रालय लगायत विभिन्न हस्पिटललाई फाउण्डेसनले १ सय ५५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिसकेको छ ।
Comments are closed.