पोखरा म्याराथनलाई करुणा फाउन्डेसनको साथ

पोखरा । पोखरा म्याराथनलाई करुणा फाउन्डेसनले साथ दिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६औं अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई फाउन्डेसनले पुरस्कार प्रायोजन गरेको हो ।

म्याराथन अन्तर्गत अपांगता क्षेत्रको ह्विल चियर र दृष्टिबिहीनहरुको दौड प्रतियोगिताका लागि फाउन्डेसनले पुरस्कार प्रायोजन गरेको हो । फाउन्डेसनले ४४ हजार रुपैयाँ बराबरको नगद पुरस्कार प्रायोजन गरेको हो ।

सम्झौता पत्रमा मञ्चका सचिव केशव पाठक र फाउन्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले हस्ताक्षर गरेका छन् ।

म्याराथन अन्तर्गत चैत १२ गते अपांगता तथा दृष्टिबिहीनहरुको दौड हुँदैछ ।

lcci
You might also like

Comments are closed.