लिटल आइकनको उपाधी यस वर्ष पनि किड्स स्कुललाई

काठमाडौं । लिटल आइकम २०७८ को उपाधी किड्स स्कुलकी छात्रा आयुषी खनालले हात पारेकी छन् । किड्स स्कुलमा कक्षा ४ मा अध्ययनरत उनले गल्र्स तर्फबाट लिटल आइकनको उपाधी जितेकी हुन् । उनले मष्ट एक्टिभको उपाधी पनि जितेकी छन् ।

त्यसैगरि कक्षा ३ का छात्र सनमुन ढकालले ब्याइजतर्फबाट बेष्ट फोटोजेनिकमा सेकेण्ड रनर अप र बेष्ट र्याम्पवाकको उपाधी जितेका छन् ।

कार्यक्रममा १२ विद्यालयका विद्यार्थी सहभागी थिए । एक महिनासम्म चलेको आधारभूत तालिममा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यmम संचालन भएका थिए ।

jutta mela

तिमी कसरी असल विद्यार्थी बन्न सक्छौं भन्ने प्रश्नको उत्तरमा उनले कक्षामा उत्साहपूर्ण सहभागिता जनाएर निर्धक्क साथ आफूलाई प्रस्फुटन गरेर, समूहमा छलफल गरेर र अनुशासनमा रहेर म असल विद्यार्थी बन्न सक्छु भन्ने उत्तरले निर्णायकको मन जितेको थियो ।

विद्यार्थीले हरेक वर्ष सफलता हासिल गर्दा विद्यालय परिवार र अभिभावक तथा विद्यार्थीले खुसी तथा गौरव महसुस गरेको विद्यालयका प्रिन्सिपल शर्मिला केसीले बताइन् । साथै विद्यार्थीको मेहनत र अभिभावकको साथ तथा सहयोगप्रति उनले आभार व्यक्त गरेकी छन् । ‘विद्यार्थीको सर्वाङिगण विकासमा हामी प्रतिबद्ध छौं,’ उनले भनिन् ।

You might also like

Comments are closed.