पोखरा । पोखराको काजीपोखरीमा रहेको कालिका बहुमखी क्याम्पसको ३०औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका कार्यबहाक अध्यक्ष किरण केसीको सभापतित्वमा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । कार्यक्रममा विना विभागीय मन्त्री दोबाटे विक लगायतको उपस्थिति रहेको प्राचार्य रवीन्द्रप्रसाद बास्तोलाले जानकारी दिए ।
साधारणसभालाई सम्बोधन गर्दै का.वा. अध्यक्ष किरण केसीले राखेको मन्तव्य यहाँ प्रस्तुत छः
३० वर्ष अघि सुन्दर भविष्यको कामना गर्दै शुरू गरिएको यस क्षेत्रकै अग्रणी शिक्षण संस्थाको अध्यक्षको हैसियतले आज यहाँ उभिएर बोल्न पाउँदा म अत्यन्त भावुक भएको छु । संस्था स्थापना गर्ने मेरा स्वर्गीय पिता स्व. सूर्यबहादूर केसी, संस्थापक क्याम्पस प्रमुख आदरणीय गुरू स्व. बलवीर शिह नेगी र स्वं सन्तबहादूर गुरूडप्रति हार्दिक श्रद्वासुमन अर्पण गर्दछु । यस संस्थाको विकासमा उहाँहरूसँग काधमा काध मिलाएर अगाडि बढ्ने अन्य सम्पूर्ण आदरणीय अग्रजहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।
बुबाको पद पछ्याउँदै समाज सेवामा लाग्न प्रेरणा दिएर तीन दशक पुरानो यस शिक्षण संस्थालाई अगाडि बढाउने गहन जिम्मेवारी दिनुहुने यस क्षेत्रका सम्पूर्ण अग्रज शिक्षासेवी बद्वीजिवी एव समाजसेवीप्रति नतमस्तक भएको छु ।
यस अवसरमा म बुवाले देख्नुभएको जुन सपना छ, त्यसलाई पुरा गर्ने प्रतिबद्धता जारेर गर्दछु । बुबाले जस्तै म पनि यहाँ केही लिन आएको होइन, दिन आएको हुँ । बुबाको सपना थियो यो क्याम्पसलाई गुणस्तरीय यस क्षेत्रको अब्बल संस्था बनाउने । त्यसको लागि म यो पक्ष त्यो पक्ष नभनी सबैलाई समेटेर अगाडि बढ्नेछु । तपाईंहरू सबैलाई यसप्रति विश्वास दिलाउन चाहन्छु । यस कार्यमा सञ्चालक समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थी एवं अभिभावक सबैको सकारात्मक सहयोगको अपेक्षा गर्दछु ।
मेरो बुबाले आफ्नो निजी खर्चमा शुरू गर्नु भएको अगाडि बन्दै गरेको यो भवन चाडै नै सम्पन्न हुने जानकारी गराउदछु । क्याम्पसको भौतिक विकास र शैक्षिक उन्नयनका लागि केसी परिवारबाट हिजो हुँदै आएको सहयोग निरन्तर रहिरहने विश्वास दिलाउन चाहन्छु ।
क्याम्पसलाई क्युएए मान्यता दिलाई एउटा गुणस्तरीय शैक्षिक थलोको रूपमा विकास गर्न सबैलाई आह्वान गर्दछु ।
अन्तमा हाम्रो आमन्त्रणलाई स्वीकार गरि पाल्नुहुने आदरणीय मुख्य मन्त्रीज्यू एवं अतिथिज्यूहरूलाई धन्यबाद व्यक्त गर्दछु । धन्यवाद ।
Comments are closed.