यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्कीको अध्यक्षमा ढुङ्गाना

कास्की । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्की जिल्ला समन्वय समितिको अध्यक्षमा कृष्णप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनबाट नयाँ नेतृत्वका लागि ढुङ्गाना सर्वसम्मत चयन भएका हुन् । नयाँ नेतृत्वका लागि ढुङ्गनाको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ ।

समितिको सचिवमा सुर्यबहादुर थापा, कोषाध्यक्षमा रामबहादुर तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मेघराज त्रिपाठी, पवित्रमणी अधिकारी, रामचन्द्र शर्मा, वुद्धिप्रसाद सुवेदी, राजु थापा र नारायण कोइराला चयन भएका छन् । समितिले २ सदस्य भने कार्यसमितिको बैठकले पूर्णता दिनेछ ।

You might also like

Comments are closed.