कामना सेवा विकास बैंक र नेशनल प्याथ ल्याव एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थितेशनल प्याथ ल्याव एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा लि मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

You might also like

Comments are closed.