काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्न महानगरले निर्देशन दिएको छ ।

महानगरपालिकाको राजश्व विभागले कार्तिक १ गते मंगलबार एक सूचना जारी गर्दै काठमाडौं महानगरपािलकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभिन दर्ता गर्न निर्देशन दिएको हो ।

महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता भनेको छ।महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ।

‘महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएकोले  ३० दिनभित्र आफ्नो नजिकको वडामा कार्यालयमा गई अनिवार्यरुपमा व्यवसाय दर्ता गर्न अनुरोध छ , महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा( ग )बमाजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने’ जारी सूचनामा उल्लेख गरीएको छ ।

You might also like

Comments are closed.