काठमाडौं र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका छन् । पोखरा महानगरपालिका अवलोकन भ्रमणका क्रममा कामपाका प्रमुख शाक्यले काठमाडाँैंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवद्र्धनको काम गर्न सके यस व्यवसायबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका हुन् ।

सो अवसरमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कामपा जेठो महानगर र संघीय राजधानीको महानगरपालिका भएकाले उसले सबै पालिकाको समस्या समाधानका लागि नेतृत्व गर्नुपर्ने बताए ।

संघीय व्यवस्थालाई दिगो बनाउन संघीयताको मर्मअनुसारका संघीय कानून निर्माणमा ध्यान दिनुपर्नेमा पनि जोड दिँदै जिसीले भने, ‘विविध पहिचानसहितका शहरका समानता खोजौँ । अब नगरले आफूले आफ्ना बारेमा मात्र होइन, अन्य नगरको सम्भावनाका विषयमा कुरा गरौँ । यसले नागरिकमा विश्वास जाग्छ ।’

jutta mela

तहगत प्रणालीमा प्रदेश र संघ सरकारसँग भन्दा नागरिकका समस्या स्थानीय सरकारसँग नजिक हुने हुँदा स्थानीय सरकारका बीच गहिरो सम्बन्ध र सहकार्य जरुरी रहेको कामापाका उपप्रमुख हरिप्रभा खड्गीले बताइन् ।

You might also like

Comments are closed.