कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

काठमाडौं । कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ ।

‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताहरुकोे पर्यावरण संरक्षण तथा प्रवद्र्धनमा अप्रत्यक्ष रुपमा सहभागिता रहनुका साथै खातावालहरुले विभिन्न आकर्षक सुविधाहरु समेत प्राप्त गर्नेछन् ।

साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाख सम्मको बिमा सुविधा, दुई वर्ष सम्म निःशुल्क मोबाइल बैकिङ सेवा, दुई लाख सम्मको फोनलोन सुबिधा (योग्यता अनुसार) र यस योजना अन्तर्गत खोलिएका प्रत्येक खाता बापत एक रुख रोपिने सुबिधा ल्याएको बैंकले जनाएको छ ।

यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले बताएका छन् । बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैंकको वेबसाईट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन् ।

बैंकले देशभर रहेका अफ्नो ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.