कुमुदिनी होम्सको शैक्षिक व्यवहारिक प्रदर्शनीले अभिभावक र विद्यालयमा खुसी

पोखरा । नवितम् शैक्षिक पद्धतिहरु र प्रविविधलाई भित्र्याउदै शैक्षिक गुणस्तर बृद्धिका लागि लागिरहेको कुमुदिनी होम्सले विद्यार्थीहरुलाई अतिरिक्ता क्रियाकलापहरुमा पनि संलग्न गराईरहेको छ ।

कक्षा कोठाको पढाईले मात्रै हुँदैन । कक्षा कोठामा बसेर पढ्नका लागि पहिले विद्यार्थीलाई उच्च मनोवलका साथ अध्ययनको वातावरण तयार गर्नुपर्छ ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले शुक्रबार विद्यालका मन्टेशरी र कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुसंग उनीहरुले सिकेको ज्ञानलाई व्यावहारिक रुपमा कार्डबोर्डमा बनाए चित्र र तिनिहरुको बयान सुनिरहेका थिए ।

ससाना वालवालिकाले कलरिङ, फूलका आधार, प्रकार, किताव, विषय अनुसारका सामग्रीहरु बनाएका र तिनीहरुको बेलविस्तार त्यहाँ जम्मा भएका अभिभावकहरुलाई सुनाएका थिए ।

सो अवसरमा अध्यक्ष पालिखेले नेपाली कला संस्कृतिप्रतिको चेतना विकासका लागि विद्यार्थीहरुले हार्मोनियम, मादल, खैंजडी लगायतका सामग्रीहरुसंगै दिएको प्रस्तुतिले प्रफ्ल्ल बनाएको बताए ।

विद्यार्थीहरु पनि आफ्नो कला, संस्कृतिप्रति रुचि जगाएर प्रस्तुति दिएको हामीले देखेकै छौं । उनीहरुले नेपाली मौलिक गीतहरुमा दिएको प्रस्तुति आफ्नो संस्तृतिप्रतिको चेतनाको प्रतिफल भएको बताए ।

हामीलाई खुसि लागेको छ ।वर्षभरि केके पढियो त ? उनीहरुले सामाजिक विषयमा के पढे, विज्ञानमा के पढे, वा अन्य विषयहरुमा केके पढे ? भन्ने कुराहरुलाई उनीहरुले सचित्र प्रदर्शनी गरेका हुन् । यसले उनीहरुको सर्वागिंण विकासमा सघाउने पालिखेले बताए ।

विद्यार्थीको व्यवहारिक शैक्षिक प्रदर्शनीलाई विद्यार्थीका अभिवभावक, केहि विदेशी, शिक्षक तथा संचारकर्मिले अवलोकन गरेका थिए भने उनीहरुसंग विद्यार्थीले आफ्नो सिर्जनाको बयान गरेका थिए ।

You might also like

Comments are closed.