लमजुङ युथ सोसाइटीद्वारा विभिन्न व्यक्तिलाई सम्मान

 

पोखरा । लमजुङ युथ सोसाइटी पोखराले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थाले शनिबार पोखरामा एक कार्यक्रमबीच सम्मान गरेको हो ।

पश्चिम पृतनाका सहायक पृतनापती शिशीर केसी, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता राजेन्द्र घिमिरे र कास्की जिल्ला अदालतका प्रमुख न्यायाधीस श्रीकृष्ण भट्टराईलाई संस्थाले सम्मान गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व का.वा. प्रमुख डा. गणेशराज जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । क्लबका अध्यक्ष सनदकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

You might also like

Comments are closed.