वार्षिकोत्सवको अवसरमा लक्ष्मी लघुवित्तद्वारा खाद्यान्न सहयोग

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.ले मेरुदण्डीय पक्षघात समूह नेपाल मकलबारीमा रहेका बालबालिकालाई सहयोग गरेको छ । संस्थाले एघारौं वार्षिकोत्सवको अवसरमा मंगलबार एक कार्यक्रमबीच खाद्यान्न सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दैै सहयोग हस्तान्तरण गरिएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले जानकारी दिए ।

संस्थाले सोमबारबाट नै वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्दै आइरहेको छ । शाखाहरुमार्फत रक्तदान, वित्तीय साक्षरता, सहयोग हस्तान्तरण, विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, सरसफाइ लगायतका कार्यक्रम सम्पन्न भएको शर्माले जानकारी दिए । मंगलबार बिहान संस्थाको केन्द्रीय कार्यालयमा केक काटेर शुभकामना आदानप्रदानसहित वार्षिकोत्सव मनाइएको थियो ।

लक्ष्मी बैंकको सहायक कम्पनीका रुपमा रहेको संस्थाले ५५ वटा जिल्लामा ७७ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । ९६ हजार १ सय ३१ जना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । संस्थाको बचत निक्षेप २ अर्ब २० करोड रुपैयाँ छ भने लगानीमा रहिरहेको कर्जा ७ अर्ब १६ करोड रुपैयाँ छ ।

jutta mela

You might also like

Comments are closed.