पोखरा अभियानको रक्तदानमा १५५ युनिट रगत संकलन

 

पोखरा । लायन्स क्लब अफ पोखरा अभियानले शनिबार राखेको खुल्ला रत्तदान कार्यक्रममा १ सय ५५ युनिट रगत संकलन भएको छ । कोरना भाइरसका कारण बजारमा देखिएको रगतको अभावलाई केही मात्रामा कमी गर्ने उद्देश्यले क्लबले पोखरा १० अमरसिंहचोकमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

क्लबले सामाजिक क्षेत्रमा गर्दै आएको अन्य काममा जसरी सफलता मिलेको थियो त्यसैगरि पहिलो पटक राखिएको रत्तदानमा पनि सोचे अनुसार कै सफलता हात पारेको क्लबका संस्थापक अध्यक्ष विनोद ढुंगानाले बताए ।

स्वास्थ्य सतर्कता अपनाएर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका बोर्ड सदस्य किशोर बिक्रम मल्ल, लायन्सका ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालाकृष्ण शर्मा, क्लबका इलेक्ट अध्यक्ष डिलाराम लामिछाने, प्रथम उपाध्यक्ष कृष्ण लम्साल, सचिव नन्द प्रसाद पोखरेल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.