लेउवा संघद्वारा राहत रकम प्रदान

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आफना सदस्यहरुको हक हितमा सहयोग पुग्ने गरि स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा –२६ बुढिवजार निवासी स्व. कमल अधिकारीको परिवारलाई सहयोग गरेको छ ।

संघले ब्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय दु ःखद घटनालाई ध्यानमा राख्दै व्यवसायी सदस्य कै मृृत्यु भएमा ५० हजार रुपैयाँ र व्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप ५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

यसैक्रममा पोखरा –२६ वुढिबजारमा कमल सप्लायर्स संचालन गर्दै आएका ४३ वर्षिय कमल अधिकारीको चैत १९ गते मृगौलामा समास्य देखापरि उपचारकै क्रममा काठमाडौमा असामायीक निधन भएपछि पिडित परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ लेउवा संघले प्रदान गरेको हो ।

स्वर्गीय परिवारको पिडामा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल सहितको टोलीले बुधबार स्वर्गीय अधिकारीको घरमा नै पुगी छोरा बिशाल अधिकारीलाई संघका पुर्व अध्यक्ष चतुराखर अधिकारी सहयोग स्वरुप सो रकम बराबरको चेकप्रदान गरेका हुन् ।

यस अघि संघले आफनै सदस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका पाँच जनाको परिवारलाई सहयोग गरिसकेको छ ।

यसैक्रममा वुढिबजार ब्यवसायी समितिका कार्यसमिति सदस्य स्वर्गीय अधिकारीको निधन प्रति गहिरो दु ःख ब्यक्त गर्दै समवेदना पत्र प्रदान गरेको छ । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, बुढिबजार ब्यवस्थान समितिका अध्यक्ष दिपक अधिकारी र सचिव आनन्द बजगाईले सयुक्त रुपमा पिडित परिवारलाई समवेदना पत्र प्रदान प्रदान गरेका छन् ।

You might also like

Comments are closed.