संघको गरिमा उच्च बनाउन सक्रिय बन्छु : वरिष्ठ उपाध्यक्षका उम्मेदवार अधिकारी

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी भरत अधिकारीले उम्मेदवारी दिएका छन् । भावि अध्यक्षका रुपमा समेत हेरिने उक्त पदमा अधिकारीले उम्मेदवारी दिएका हुन् । संघको २५औं साधारणसभा एवं १३औं महाधिवेशनमा भदौ १८ र १९ गते हुँदैछ ।

अधिकारी अघिल्लो कार्यकालमा महासचिव भएर संघमा काम गरिसकेका व्यक्ति हुन् । बर्तमान कार्यसमितिमा सल्लाहकार रहेका अधिकारीले २ कार्यकालसम्म उपमहासचिव र २ कार्यकाल कार्यसमिति सदस्य भएर संघमा योगदान पुर्याएका छन् । अधिकारीले उम्मेदवारी दर्ता गरिसकेपछि मतका लागि उद्योगी, व्यवसायीहरुसँग अपिलसमेत गरेका छन् ।

यस अगाडि संघमा लामो समयसम्म विभिन्न पदमा रहेर काम गरेको अनुभवलाई प्रयोग गर्दै प्रथम उपाध्यक्षमा रहेर संघको गरिमा उच्च बनाउन आफू सक्रिय भएर लाग्ने अधिकारीले प्रतिबद्धता गरेका छन् ।

MANASLU

अधिकारी ग्लास एण्ड हार्डवयर सेन्टरका सञ्चालक उनी ग्यालेक्सी पेन्ट प्रालि भैरहवाका अध्यक्ष हुन् । माता हारती हार्डवयर प्रालि पोखराका अध्यक्ष अधिकारी कोहोलपुर आरएमसीका बोर्ड डाइरेक्टर हुन् । लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका संस्थापक अध्यक्ष अधिकारी लेखनाथ हार्डवयर एसोसिएसनका वरिष्ठ सल्लाहकार हुन् । पोखरा हार्डवयर एसोसिएसनको पूर्व उपाध्यक्ष भएर काम गरिसकेका अधिकारी विभिन्न संघ संस्थामा आबद्ध छन् ।

You might also like

Comments are closed.