लेखनाथ उद्योग वाणिज्य संघमा २ सदस्य सर्वसर्वसम्मत

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको सस्थागत सदस्य र एशोसियट सदस्यमा निविरोध भएको छ ।

संघको १३ औं महाधिवेशनका लागि परेका उमेदवारीमा दुवै पदका एक एक जना सदस्यले नाम फिर्ता लिएपछि सस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल निविरोध निर्वाचित भएका हुन् ।

निर्वाचनको कार्यतालिका अनुसार शुक्रवार उम्मेदवारी फिर्ता लिने समय भित्र सस्थागत सदस्यतर्फका उम्मेदवार महेश्वर आचार्य र एशोसियट सदस्यतर्फका विरेन्द्र वानियाँले उम्मेदवारी फिर्ता लिएपछि गुरुङ र पौडेल निर्विरोध सदस्य भएका हुन् ।

सदस्य पदमा निविरोध निर्वाचित भएपछि निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष समेत रहेका रामवहादुर गुरुङले साना व्यवसायीको हक हितका सवालमा आवाज उठाउने प्रतिक्रिया दिएका छन् भने एशोसियट तर्फ शक्ति ग्याँस प्रा ली बाट प्रतिनिधीत्व गरेका मेघराज पौडेलले व्यवसायिक हक,आर्थिक पारदर्शीता र युवाहरुको सहभागीताको नारालाई अगाडी वढाउने र सहमातिका आधारमा संघका गतिविधीलाई अगाडी वढाउने प्रतिक्रिया दिएका छन् ।

यसैगरि संघको भदौ १८ र १९ गते हुने १३ औं महाधिवेसनका लागि पदाधिकारीतर्फ धेरै उम्मेदवारी परेकोमा कोषाध्यक्ष पदकी उमेदवार सन्ध्या दाहालले उमेदवारी फिर्ता लिएकी छन् । दाहाले उम्मेदवारी फिर्ता लिएपछि भिम बहादुर नेपाली (काईला­), भरतराज ओझा र रामजी पौडेलका विच चुनाव हुने भएको हो । राजनीतिको हिसाव किताव गर्ने हो भने नेपाली र पौडेल नेकपा माओवादी निकट देखिन्छन् भने ओझा नेपाली काग्रेस निकट हुन् ।

यता खुल्ला आठ सदस्य पदका लागि परेको २० जनाको उम्मेदवारीमा शुक्रवार सुरेन्द्र त्रिपाठीले उम्मेदवारी फिर्ता लिएपछि १९ जनाका विच चुनाव हुने पक्का भएको निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिए ।

यस अघि भदौं ८ गते भएको उम्मेदवारी दर्तामा बर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेकाले आत्रेय निविरोध भएका थिए ।

संघको १९ गते हुने निर्वाचनको कार्यतालिका अनुसार वरिष्ठ उपाध्यक्षमा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ र अघिल्लो कार्यसमितिका महासचिव भरत कुमार अधिकारीको उम्मेदारी परेको छ भने प्रथम उपाध्यक्षमा बर्तमान द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा र पुर्व कार्यसमितिमा द्धितिय उपाध्यक्ष सम्म भएर बैदेशिक रोजगारमा गएका प्रकाशलाल श्रेष्ठको उम्मेदवारी परेको छ ।

यसै गरि द्वितीय उपाध्यक्षमा वर्तमान महासचिव गोपिचन्द्र वास्तोला र वर्तमान कार्यसमितिका सदस्य शैलेन्द्र मोहन भट्टराईको उम्मेदवारी परेको छ । संघको महासचिव पदमा बर्तमान उपमहासचिव उपेन्द्रराज सुवेदी (राजु) र वर्तमान कार्यसमितिकी सदस्य मेनुका श्रेष्ठको उम्मेदवारी रहेको छ भने उप महासचिवमा बर्तमान कोषाध्यक्ष जानुका अधिकारी र बर्तमान कार्यसमितिका सदस्य धिरजकुमार श्रेष्ठका बिच कडा प्रतिश्पर्र्धा हुने देखिन्छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.