लेउवा संघको अधिबेशन आगामी भदौमा हुने

पोखरा । लेखनाथ उद्योग बाणिज्य संघको २५ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन २०७८ भाद्र १८ र १९ गते हुने भएको छ ।

संघको मंगलवार बसेको कार्यसमितिको वैठकले सर्वसम्वत रुपमा ६ महिना पछि साधारण सभा र अधिवेशनको मिति तय गरेको हो । चुनावी कार्यक्रम मार्फत नयाँ कार्यसमिति चयन गरिने भएकाले केही पहिले नै साधारण सभा र अधिबेशनको मिति तय गरिएको संघका अध्यक्ष वलराम ढकालले जानकारी दिए ।

संघको शंसोधित विधान अनुसार १ वर्ष नविकरण भएका सदस्यहरुले मात्र निर्वाचन कार्यक्रममा भाग लिन पाउने व्यवस्था भएको हुदां यहि २०७७ चैत मसान्त भित्र संघमा प्राप्त नयां सदस्यहरुले पनि निर्वाचन कार्यक्रममा भाग लिन पाउने निर्णय गरिएको छ ।

नयाँ साल २०७८ को वार्षिक क्यालेण्डर प्रकाशन गर्दा संघको साधारण सभा तथा अधिवेशनको मिति समेत समवेश गर्दा राम्रो हुने र अन्य कुनै संघ सस्थासँग पनि मिति नजुदोस भन्ने उदेश्यले तिथि मिति तय गरिएको हो ।

संघको बैठकले कोरना भाईरसका कारण यस वर्षको लेखनाथ महोत्सव गर्न नसकिएकाले आगामी बर्ष १७ औं संस्करणको लेखनाथ महोत्सव, २०७८ साल पुस महिनामा गर्ने निधो समेत गरेको बताईएको छ ।

You might also like

Comments are closed.