अपाङ्गतामैत्री समाजलाई लेखनाथ होटल ट्रेडिङको सहयोग

लेखनाथ ।लेखनाथ होटल ट्रेडिङ सेन्टर पोखरा २७ ले आफनो ११ औं स्थापना दिवसको अबसर पारेर अपाङ्गतामैत्री समाज दृष्टि बिहिन आश्रम कास्कीलाई सहयोग गरेको छ ।

पोखरा २९ को पावर हाउसमा भाडाको घर लिएर बस्दै आएका शारिरीक रुपले कमजोेर र न्यूनदृष्टि भएकाहरुको साझा सस्था अपाङ्गतामैत्री समाजको लागि लेखनाथ होटल टे«डिङ सेन्टरले आफनो बार्षिकोत्सवको अवसर पारेर खाद्यन्य,तरकारी तथा फलफुल सहयोग गरेको हो ।

देशका विभिन्न जिल्लाबाट आएर सामुहिक रुपमा वस्ने र खाने गर्दै आएका अपाङ्गता भएका ब्यत्तिहरुको लागि होटल टे«डिङले सामाजिक उत्तरदाईत्व अन्तर्गत सोमबार आश्रममा पुगी उक्त सहयोग सामाग्री हस्तान्त्रण गरेको हो ।

कार्यक्रममा लेखनाथ होटल टे«डिङ सेन्टरका सस्थापक शुरेस कन्दङवा,संचालक दिपेन्द्र अधिकारी र प्रिन्सीपल संगिता पन्थ अधिकारीले आश्रम संचालक समितिका अध्यक्ष दण्डपाणि ढकाल र आश्रम संचालक सुसिल गोदारलाई उक्त सामाग्री हस्तान्त्रण गरेका थिए ।

आश्रममा वस्दै आएका करिव २५ जनाले दिउसो सहर बजारमा डुलेर धुप,सावुन,कलम ,मैनबत्ति तथा सरप बिक्रीवितरण गरि विहान बेलुकाको छाक टादै आएका छन् ।

बिक्रीका लागि सामान बजारमा लिएर हिड्दा ब्यापार पनि कम हुने र समाजले न्यून दृष्टि भएकाहरुलाई हेर्ने नजर पनि फरक शैलीको भएकाले आफुहरुले विभिन्न दात्री निकायसँग सहयोगको अपिल गरिएको अपाङ्गतामैत्री समाजका अध्यक्ष दण्डपाणि ढकालको भनाई रहेको छ ।

 

You might also like

Comments are closed.