पहिलो लायन्स उद्यमी नमुना गाउँ कास्कीको उद्घाटन 

यो बर्ष १४ जिल्लामा लायन्स मोडेल भिलेज बनाउने गभनर्र आर्चायको उद्घोष  

पोखरा  । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स उद्यमी नमूना गाउँ बनाउने अभियान कास्कीबाट आज शुभारम्भ भएको छ । पूर्व गृहमन्त्री तथा संघीय सांसद खगराज अधिकारीको प्रमुख आतिथ्यतामा थाम, ल्हाम्जा–५ मादीमा लायन्स उद्यमी नमुना गाउँ उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व गृहमन्त्री एबं सांसद खगराज अधिकारीले सामाजिक संस्था लायन्सले गरेका सेवा कार्यहरुको प्रसंसा गर्दै ल्हाम्जा–५ मादीमा नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

सो अवसरमा डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आर्चायले लायन्सले हरेक वर्ष बिभिन्न कार्यक्रमहरु गरिरहेको तर समुदायमा त्यसले सकरात्मक प्रभाव पार्न नसकेको अनुभूति गरेर दीगो बिकाशको केही कार्यक्रम गर्ने उदेश्यले यो वर्ष १४ वटा जिल्लाको १४ गाउँमा नमुना उद्यमी गाउँ बनाउने योजना ल्याएको बताए । लायन्सले गर्ने नियमित सेवाका कार्यसंगै नमुना उद्यमी गाउँ बनाउने अभियानमा सहकार्य गर्न सबैलाइ आग्रह समेत गरे ।

MANASLU

लायन्स मोडेल भिलेज कास्कीका प्रमुख तथा कार्यक्रम संयोजक टिकाराम सापकोटाका अनुसार उक्त गाउँमा लायन्सका सम्पूर्ण कार्यक्रम केन्द्रित गरी, बिभिन्न किसिमका तालिम, शिप सिकाउदैं कृषी र पर्यटनको प्रर्वद्धन गर्दै गाउँलेलाई उद्यमी बनाउने अभियानमा लायन्स लागेको छ ।

लायन्स उद्यमी गाउँ उद्घाटन कार्यक्रमका अवसरमा डिष्ट्रिक्ट तथा विभिन्न संघ सस्थाबाट प्राप्त करिब ६ लाख बराबारको सामग्री पनि गाउँलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा लायन भिष्म पौडेलको पहलमा नमस्ते सामुदायिक प्रतिष्ठानको तर्फबाट प्राप्त २ थान हाते ट्रयाक्टर, चितेपानी फाउण्डेसनको तर्फबाट लायन टिकाराम सापकोटाको पहलमा प्राप्त राईस मिल–१ थान, लायन्स क्लब अफ पोखरा राइजिङ स्टारबाट प्राप्त डष्टबिनहरु तथा डिष्ट्रिक्टबाट प्राप्त वाटर फिल्टर, बाध्यबादनका सामाग्री, खेलकुद सामाग्री, फलफूलका विरुवा (एभोकाडो कागती लगायत) का सामाग्री हस्तान्तरण गरिएको डिष्ट्रिक्ट ३२५ वि १ नेपालका क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए ।

कार्यक्रममा, गण्डकी प्रदेश सांसद मन बहादुर गुरुङ, जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन बहादुर अधिकारी, मादी गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङ, मादी गाउँपालिका ५ का अध्यक्ष रतन बहादुर गुरुङ, मादी गाउँपालिकाका जनप्रतिनिधी युवा नेता सरोज के.सी, कृषी  ज्ञान केन्द्र कास्कीका प्रमुख शालिगराम अधिकारी, थाम ल्हाम्जा आमा समूहका सचिव चन्द्रकुमारी गुरुङ, लायन्स डिष्ट्रिक्ट को चिफ एड्भाइजर लायन धनिराम बराल, मोडेल भिलेज चिफ तथा कार्यक्रम संयोजक लायन टिकाराम सापकोटा लागायतले शुभकामना मन्तव्य राखेका थिए भने स्थानिय संघ संस्थाका प्रतिनिधि र लायन्स लिडरहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

डिष्ट्रिक्ट ३२५ वि १ नेपालका डिष्ट्रिक्ट गभनर्र लायन विश्वेश्वर आचार्यको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

 

You might also like

Comments are closed.