अटोमोबाइल व्यवसायी बाटाजूद्वारा लायन्सको गभर्नरमा उम्मेदवारी दर्ता

काठमाडौं । अटोमोबाइल व्यवसायी राजेन्द्रकुमार बाटाजू सामाजिक संस्था लायन्सको गभर्नर बन्ने भएका छन् । बाटाजूले लायन वर्ष २०२२/२३ का लागि लायन्सको गभर्नर बन्ने तयारी गरेका छन् ।

यसैक्रममा बाटाजूले लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ केको लागि डिस्ट्रिक्ट गर्भनरका लागि उमेदवारी दर्ता गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

डिस्ट्रिक्टको फस्ट भाइस गभर्नरमा सुचित्रा थापा र सेकेन्ड भाइस गभर्नरमा निरा बज्राचार्यले उम्मेदवारी दर्ता गरेका छन् । तीनै जना उम्मेदवारले शतप्रतिशत ‘यस भोट’का लागि अपिल गरेका छन् ।

गभर्नरका उम्मेदवार बाटाजू लायन्समा ४ दसकदेखि आबद्ध छन् । वर्तमान डिष्ट्रिक्ट ३२५ बि १ नेपालको उनी चिफ एडभाइजर हुन् । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका संस्थापक अध्यक्ष बाटाजू पुराना तथा अनुभवी अटोमोबाइल व्यवसायी हुन् ।

 

You might also like

Comments are closed.